विश्व मोबाइल बजारमा सामसङकै हिस्सा बढी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर ११, २०७६

  • विश्व बजारमा सामसङ मोबाइलले नै बढी बजार ओगटेको छ। काउन्टर पोइन्ट रिसर्च मार्केट मोनिटरको तथ्याङ्कअनुसार विश्वमा सामसुङ मोबाइलकै प्रयोगकर्ता बढी रहेको देखिएको छ।

    हुवाई, एप्पल, ओप्पो, साओमी, भिभो, लेनोभो लगायतका विश्व बजारमा उत्कृष्ट मोबाइल ब्राण्ड छन्। तर पनि सामसङलाई भने उछिन्न सकेको छैन।

    विश्वमा २१.५ प्रतिशतले सामसङ मोबाइल प्रयोग गर्ने गरेको काउन्टर पोइन्ट रिसर्च मार्केटको तथ्याङ्कले देखाएको छ। त्यसैगरी, हुवाई, एप्पल, साओमी, ओप्पो, भिभो, लेनाभो र अन्य मोबाइल ब्राण्डले भने क्रमश बजार लिएका छन्।

    सामसङले विश्व बजारमा आफ्नो बजार हिस्सा पनि बढाउँदै लगेको तथ्याङ्कले देखाएको छ। त्यस्तै, साओमी र ओप्पोको भने विश्वमा बजार हिस्सा एउटै छ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार