जाडोमा मकैको रोटी र फाइदा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर २४, २०७६

  • चीसो मौसममा तातो मकेको रोटी र रायोको साग को कुरा गर्दा मुखै रसाउँछ । यही खानाका लागि मानिसहरु रेष्टुरेन्ट धाउने पनि गर्छन् । यो स्वादिष्ट हुनको साथै यसमा धेरै स्वास्थ्य लाभ पनि हुन्छ । मकैको पिठोमा प्रशस्त फाइवर हुनको साथै यसमा ग्लुटन हुँदैन, त्यसैले यो खानाले मधुमेह, उच्च रक्तचाप,एनीमिया, गर्भावस्था को साथै वजन बढाउन पनि सहयोग गर्छ । छालालाई स्वस्थ पनि राख्छ ।

    • शरीरमा उर्जा दिन्छ 

    यदि काम गरिरहनुभएको छ भने मकैको रोटी खानुहोस । मकैमा लामा ेसमय सम्म उर्जा दिने तत्व हुन्छ ।

    • स्वस्थ छाला बनाउँछ 

    मकैमा भिटामिन सी र लाइकोपिन भनिने एन्टीआक्सीडेन्टहरुले कोलेजेनमो उत्पादन बढाँउछ र हाम्रो छालालाई युवी फ्री रेडिकल्सको कारणबाट हुने क्षतिबाट बचाउँछ ।

    • वजन बढाउन सहयोग गर्छ 

    तपाइको तौल कम छ भने मकैको रोटी देनिक खाने गर्दा तौल बढ्छ । यसबाट भिटामिन र फाइबर पाइन्छ ।

    • एनीमिया दुर गर्छ 

    यसले एनीमियाको जोखिमबाट कम गर्दछ । यसमा भिटामिन बी १२, फोलिक एसिड र फलाम पाइने हुदा रातो कोषहरुको लागी राम्रो गरी एनीमियाबाट टाढा राख्न सहयोग गर्छ ।

    • गर्भावस्थामा निकै फाइदा गर्छ 

    आमा र बच्चा दुवैको लागि मकैको रोटी धेरै राम्रो हुन्छ । यसले फोलिक एसिड, जीएक्सान्थिन र रोगजनक एसिड समावेस गर्ने कारण बच्चाको जन्मदोषको जोखिम कम गर्न समेत सहयोग गर्दछ ।

    • रगत, सुगर र कोलस्टोल नियन्त्रण गर्छ 

    मकै र मकैको तेलको सेवनले रक्तसंचार बढाउन सहयोग गर्छ । यसले कोलस्टोलको अवशोषणलाई घटाउँछ र इन्सुलिन पनि नियमित गर्दछ, जुन कोलस्ट्रोल र मधुमेहको बिरामीको लागि वरदान हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार