अभिनेता अर्जुन कपुरलाई बलिउडमा रुनु न हाँस्नु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २६, २०७६

  • एजेन्सी । बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् । एक कार्यक्रममा उनले मलैकाबारे मुख खोलेका थिए ।

    उनलाई मलैकासँग विवाह गर्ने वा नगर्नेबारे प्रश्न गरिएको थियो । जबाफमा उनले आफु बल्ल ३३ वर्षको भएको र विवाहका लागि आफु आतुर नरहेको बताएका थिए । उनले भनेका थिए,‘मेरो र मलैकाको सम्बन्धबारे सबैलाई थाहा छ ।’

    गएको हप्ता रिलिज भएको फिल्म पानीपथ फ्लप भएपछि उनको करिअर थप धरापमा परेको छ । सलमान खानको स्टारडमका कारण पनि उनीसँग निर्माताहरु काम गर्न डराउने गरेका छन् । सलमान खानले पनि आफ्ना चिनेका साथीहरुलाई अर्जुनसँग काम नगर्न भनेको कुरा मिडिया रिपोर्टमा आएको थियो । उनले अभिनय गरेका फिल्महरु लगातार फ्लप भएपछि उनलाई लिएर फिल्म निर्माण गर्ने निर्माता निर्देशकहरु पनि डराउन थालेका छन् ।

    लगानी डुब्ने डरले पनि उनीहरु अर्जुनदेखि परपर हुन थालेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार