रोनाल्डोलाई पछि पारे मार्कोस रासफोर्डले


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर २७, २०७६

  • एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका खेलाडी मार्कोस रासफोर्डले पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । २२ वर्षीय युवा खेलाडी रासफोर्डले रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा राखेको रेकर्ड तोडेका हुन् ।

    म्यान्चेस्टर युनाइटेडको लागि रासफोर्डले १२७ खेल खेल्दा ३७ गोल गरे भने रोनाल्डो उक्त खेल खेल्दा मात्र ३४ गोल मात्रै गर्न सकेका थिए । रोनाल्डो उक्त खेलमध्ये ९४ खेलमा स्टार्टिङ ११ मा परेका थिए । रासफोर्ड भने ८६ खेलमा मात्रै स्टार्टिङ ११ मा परे । रासफोर्डले भन्दा रोनाल्डोल बढी समय खेल्न समेत पाए । रोनाल्डोले ८ हजार ९२४ मिनेट खेल्न पाए भने रासफोर्डले मात्र ८ हजार ११० मिनेट मात्रै खेल्न पाएका छन् ।

    उक्त अवधिमा रोनाल्डोले रासफोर्डको भन्दा बढी एसिस्ट प्रदान गरे । रोनाल्डोले २२ एसिस्ट प्रदान गर्दा रासफोर्डले भने १८ एसिस्ट दिएका छन् । रोनाल्डोलाई एउटा गोल गर्न औषतमा २६२ मिनेट लाग्यो भने रासफोर्डलाई २१९ मिनेट मात्रै लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार