सहिद स्मारक ए डिभिजन लिगमा पनि आज दुई खेल हुँदै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर ३०, २०७६

  • काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। शनिबार उद्घाटन भएको लिगमा आइतबार कुनै खेल भएनन् । सोमबार भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक–एक खेल हुनेछन् ।

    पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल युथ क्लबबीच दिउँसो साढे २ बजे दशरथ रंगशालमा हुनेछ ।

    यसअघि भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० ले पारजित गरेको थियो । लिगमा १४ क्लबको सहभागिता रहेको छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ । मनाङ–मर्स्याङ्दी क्लब लिगको साविक विजेता हो । गत वर्ष नन रेलिगेसन लिग गरेको एन्फाले यस सिजन पुछारको एक क्लब घटुवा हुने प्रावधान राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार