कोरियन प्रशिक्षकसँग नेपाली शिक्षकहरु सिक्दै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ १६, २०७४

  • काठमाडौं , माघ २ -विशेष आवश्यकता भएका वालवालिकाहरुलाई प्रदान गरिने शिक्षाका लागि काठमाडौं उपत्यका, नुवाकोटबाट आएका विशेष विद्यालय र एकीकृत स्कुलमा पढाउने शिक्षकहरुलाई प्रदान गरिएको ६ दिने तालिम सम्पन्न भएको छ ।
    शिक्षक, शिक्षिकाले विशेष स्कुल र एकीकृत स्कुलमा पढाउने शिक्षकलाई विशेष शिक्षासम्बन्धी ज्ञान, सीप प्रदान गरी शिक्षण सिकाइमा सुधार गर्नु यसको उद्देश्य हो । खासगरी अपांगता भएका वालवालिकाहरुलाई कसरी पढाउने भन्ने बारेमा यो तालिम केन्द्रित थियो । विशेष शिक्षाका क्षेत्रमा देखा परेका नयाँ–नयाँ शैक्षिक पद्धतिका बारेमा जानकारी गराई शिक्षकका माध्यमबाट कक्षा कोठामा सिकेका ज्ञान, सीपलाई अधिकतम रुपमा प्रयोगमा ल्याउनु अर्को पाटो रहेको छ । दक्षिण कोरियाको छाङवन नेस्नल युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालयबीच संयुक्त साझेदारीमा उक्त तालिम सम्पन्न भएको हो ।
    विशेष शिक्षाको तालिम लिएपछि आफूमा परिवर्तन आएको बताइन्, खगेन्द्र नवजीवन केन्द्रकी शिक्षिका लालीमाया तामाङले । ‘विद्यार्थीहरु कस्तो प्रकृतिका हुन्छन् ?’ उनले भनिन्, ‘उनीहरुलाई कसरी सजिलो गरी बुझाउने भन्नेबारे बुझियो ।’ शिक्षकहरुलाई संगीत र नयाँ विधिबाट कोरियन प्रशिक्षकहरुले तालिम प्रदान गरेका थिए । कोरियाको छाङवन नेस्नल युनिभर्सिटीका विशेष शिक्षाका डिन जङ दे योङले नेपालमा विशेष शिक्षाका लागि आफू जीवनभर लागिपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार