मेसीलाई छैटौं पीचीची अवार्ड


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १, २०७६

  • एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले पीचीची अवार्ड हाता पारेका छन् । हरेक वर्ष स्पेनको चर्चित मिडिया ‘मार्सा’ले प्रदान गर्ने पीचीची (सर्वाधिक गोलकर्ता) अवार्ड मेसीले पाएका छन् ।

    यससँगै मेसीले छैटौं पटक उक्त अवार्ड थापेका छन् । सिजन २०१८–१९ को ला लिगामा ३६ गोल गरेका मेसीलाई उक्त अवार्ड सोमबार प्रदान गरिएको हो । पछिल्लो समयको अवार्डसँगै मेसीले बार्सिलोनाका पूर्वस्टार तेल्मो जराको रेकर्डसँग बराबरी गरेका छन् । तेल्मो जराले पनि समान ६ पटक उक्त अवार्ड जितेका छन् ।

    त्यस्तै, मेसीलाई ‘अल्फ्रेडो डी स्टेफानो’ पनि प्रदान गरिएको छ । लिगमा राम्रो खेल प्रस्तुत गर्ने खेलाडीलाई दिइने यो अवार्ड मेसीले सातौं पटक पाएका हुन् । हाल इटालियन क्लब युभेन्ट्समा रहेका क्रिस्टियानो रोनाल्डोले यो अवार्ड चार पटक जितेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार