सर्वाधिक डाउनलोड गरिएका १० एपहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस ४, २०७६

  • हामी सन् २०१९ को अन्तिम समयमा पुगेका छौ । नयाँ वर्षको तयारी जोडतोडले चलिरहेको छ । तर यो ३१ डिसेम्बर केबल वर्ष मात्रै बदल्न गइरहेको छैन कि दशक नै फेर्न गइरहेको छ । २०१० देखिको दसकमा कुन एपले स्मार्टफोनमा सर्वाधिक राज ग-यो त ? यो अवधिमा सर्वाधिक डाउनलोड गरिएका एपहरु कुन कुन हुन् त ? मोबाइल मार्केट एन्ड एनालाइटिक्स फर्म एप एनीले यी एपको बारेमा जानकारी दिएको छ ।

    १. फेसबुक
    यो अवधिमा सर्वाधिक डाउनलोड भएको एपमा फेसबुक पहिलो नम्बरमा रहेको छ ।

    २.फेसबुक मेसेन्जर
    फेसबुक च्याटको २०११ मा आईओएस तथा एन्ड्रोइडका लागि एक स्ट्यान्डएलोन एपको रुपमा लन्च गरिएको थियो । यो दशकमा यो दोस्रो बढी डाउनलोड गरिएको एप बनेको छ।

    ३. ह्वाट्सएप मेसेन्जर
    ह्वाट्सएप मेसेन्जर एक निःशुल्क क्रस–प्लेटफर्म मेसेजिङ सेवा हो । यो विश्वभरीमा व्यापक लोकप्रिय रहेको छ । हाल यसलाई फेसबुकले किनेको छ ।

    ४.इन्स्टाग्राम
    फेसबुकको स्वामित्व भएको यो फोटो तथा भिडियो सेयरिङ एप इन्स्टाग्रामलाई २०१० मा लन्च गरिएको थियो । जुन २०१८ मा इन्स्टाग्राममा १ अर्ब मासिक सक्रिय यूजर्स रहेका थिए ।

    ५.स्न्यापच्याट
    स्न्यापच्याटलाई २०११ मा लन्च गरिएको थियो । यो दशकमा सर्वाधिक धेरै डाउनलोड गरिने एपमा यो पनि एक हो । यो एप डाउनलोडका आधारमा यो सूचीमा पाँचौ स्थानमा रहेको छ ।

    ६. स्काइप
    टेलिकम्युनिकेशन एप स्काइप भिडियो कलिङ तथा भ्वाइस च्याट सर्भिसका कारण व्यापक लोकप्रिय भएको छ । बिजनेस कन्फ्रेन्स तथा प्रोफेसनलका माझ या यो सेवा व्यापक लोकप्रिय रहँदै आएको छ ।

    ७.टिक–टक
    टिक–टक एक भिडियो सेयरिङ सोसल नेटवर्किङ एप हो । बेइजिङको कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एप २०१७ मा चीन बाहिर लन्च भयो र हेर्दाहेर्दै विश्वभरी छायो ।

    ८. यूसी ब्राउजर
    अलिबाबा समूहको स्वामित्वमा रहेको यूसी ब्राउजर ऐप एक वेब ब्राउजर हो । वाल स्ट्रिट जर्नलका अनुसार यूसी ब्राउजरले एसियको केही सर्वाधिक तीव्र गतीमा बढेको बजारमा गुगल क्रोमलाई पछि पारेको छ ।

    ९.यू–ट्युब
    गुगलको स्वामित्व वाला भिडियो सेयरिङ प्लेटफर्म यू–ट्यूब यो दसकमा सर्वाधिक छाएको छ । यो नवौ सर्वाधिक डाउनलोड गरिएको एप भएको छ ।

    १०. ट्वीटर
    माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटरलाई २००६ मा लन्च गरिएको थियो । सोही समयदेखि यसको लोकप्रियतामा व्यापक वृद्धि भइरहेको छ । यो सूचीमा १० औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार