एम्बाप्पेको ट्वीटर अकाउन्ट ह्याक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस ४, २०७६

  • एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलियान एम्बाप्पेले ह्याकरहरुको समूहले आफ्नो ट्वीटर एकाउन्ट ह्याक भएको जानकारी दिएका छन् । बिहीबार बिहान उनको ट्वीटर ह्याक भएको देखिएको थियो ।

    २१ वर्षीय फ्रेन्च खेलाडीको ट्वीटरमा देखिने नामको साटो ००० भनेर लेखिएको थियो । ह्याकरहरुले उनको अकाउन्टबाट केही पोष्ट भने गरेनन् ।

    पीएसजीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्च लिगको शीर्ष स्थानमा कब्जा जमाएको छ । दोस्रो स्थानमा रहेको मार्सेभन्दा सात अंकले अघि रहेको छ । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि प्रवेश गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार