एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस ६, २०७६

  • एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाइ तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेटले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाइ तथा आफन्तजनहरुसँग बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र १२.७७ रुपैयाँ करसहित असीमित कुराकानी गर्न सक्नेछन् ।

    यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबारदेखि सञ्चालनमा रहनेछ । यो प्याक सुचारु गर्नचाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयु’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

    यो अफर चतै ४ गतेसम्म सञ्चालनमा रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार