रियल मड्रिड : धेरै गोल पनि गर्न सकेको छैन भने धेरै गोल खाएको पनि छैन । 


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ८, २०७६

  • एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड टिमले पछिल्लो समय विपक्षीविरुद्ध धेरै गोल पनि गर्न सकेको छैन भने धेरै गोल खाएको पनि छैन । हाल रियलको गोलकिपरमा थिबाउट कोर्तोवा तथा फल्पोन्से अरिओला रहेका छन् । यी दुई गोलकिपरले पछिल्लो १८ खेलमा जम्मा १२ गोल मात्रै खाएका छन् ।

    एट्लेटिको मड्रिडमात्रै यस्तो टिम हो जसले घरेलु लिगमा जम्मा ११ गोल मात्रै खाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले पनि २१ गोल खाइसकेको छ । रियल मड्रिडले भने विपक्षीको गोल धेरै खाएको छैन ।

    तर, रियल मड्रिडको गोलकिपर राम्रो भए पनि विपक्षीविरुद्ध धेरै गोल गर्न सकेको छैन । रियलले पछिल्लो तीन खेलमा मात्र १ गोल गर्न सकेको छ । रियलले भ्यालेन्सियाविरुद्ध १ गोल गरेपछि बार्सिलोना तथा एट्लेटिको मड्रिडसँग पनि गोलरहित बराबरी खेलेको छ ।

    गोल धेरै खाए पनि बार्सिलोनाका खेलाडीहरुले धेरै गोल गरेका छन् । रियलले हालसम्म घरेलु लिगमा ३३ गोल मात्रै गरेको छ । बार्सिलोनाले भने ४७ गोल गरिसकेको छ । बार्सिलोनाका खेलाडीहरु लियोनल मेसी, लुइस स्वारेज तथा एन्टोनियो ग्रिजम्यानले मात्रै घरेलु लिगमा ३० गोल गरिसकेका छन् । यो संख्या रियलले जारी सिजनमा गरेको गोलभन्दा मात्र ३ गोलले कम हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार