अब जुम्लाबाटै हुम्लाको ‘नुन चामल’


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ८, २०७६

  • जुम्ला । हुम्ला जिल्ला अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जिल्लमा आवश्यक नुन चामल लगायात अन्य खाद्यन्न लामो समयदेखी हवाई जहाजबाट आयात गर्नुपर्ने अवस्था छ । अहिले हुम्लामा कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगञ्जबाट आयात गर्दै आइरहेको छ ।

    लामो दुरी र भौगोलिक विकटताका सडक सञ्जाल नहुँदा हवाई मार्ग हुँदै आयात गर्ने भएपनि बेला समय मै खाद्यन्न नपुगेको गरेको गुनासो आईरहन्छ । अब भने हुम्ला जिल्लाको लागि खाद्यन्न जुम्लाबाटै हवाई मार्ग मार्फत लगिने भएको छ । सुर्खेत, नेपालगञ्ज भन्दा जुम्लाबाट छोटो दुरी र ढुवानी खर्च कम पर्ने भएकोले जुम्लाबाट ढुवानी गर्न सुरु गरिएको हो । सीता एयरको जहाजले जुम्ला विमानस्थलबाट हुम्लाका लागि ढुवानी सुरु गरेको छ ।

    जुम्लामा बाटो सहज भएपछि नेपालगञ्जबाट गाडीमा जुम्ला र जुम्ला विमानस्थलबाट हुम्ला नुन र कहिलेकाहीँ चामल ढुवानी गर्न थालिएको ढुवानीको जिम्मा लिएको हिमाली कार्गो सर्भिसका प्रमुख प्रदीप गौचनले बताए । उनका अनुसार अबदेखि जुम्लाबाटै खाद्यन्न लगयात सबै हुम्ला पु¥याईनेछ । हिमाली कार्गोले हुम्लामा खाद्यन्न ढुवानीका लागि वर्षेनी एक हजार एक सय २२ क्विन्टल नुन ढुवानी गर्ने जिम्मा पाएको छ ।

    उनले कहिलेकाहीँ मुगुबाट समेत ढुवानी गर्ने गरेको बताए । मुुगुबाट हुम्लाका नागरिक पैदल र घोडा खच्चरबाट मार्गबाट समेत खाद्यन्न ढुवानी गर्ने गर्दछन् । नुन ढुवानीका लागि जिम्मा लिएको कङ्गी निर्माण सेवाका प्रमुख कलबहादुर लामाले पनि एक हजार एक सय २२ क्विन्टल नुन ढुवानी गर्ने जिम्मा लिएको बताए । जुम्लाबाट हुम्ला उडान १५ देखि २० मिनेट लाग्ने गरेको छ । नेपाल साल्ट ट्रेनिङमा नुनको मूल्य रु. नौ रुपियाँ भए पनि ढुवानी निःशुल्क गरेर जनतालाई नुन सहुलियतमा दिने गरिएको छ ।

    ढुवानी जहाजबाट गर्दा यसको मूल्य १० गुणा बढी हुन्छ ।कर्णाली करिडोर सडकले भने हुम्लाको विकासमा ठूलो टेवा पुग्ने भएकाले सडक निर्माणमा संघ र प्रदेश सरकारको प्राथमिकतामा तीव्र गतिमा अगाडी बढेको छ । बिहीबार जुम्ला विमानस्थलमा रहेको चामल समेत हुम्ला सारिएको छ । प्रति जहाजमा १३ क्विन्टल नुन ओसार्ने गरिएको सीता एयर जुम्लाका शेरबहादुर मल्लले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षको अन्त्य सम्म हुम्लामा सडक सञ्जालको पहुँज पु¥याउने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार