इन्स्टाग्राममा सर्वाधिक कमाइ गर्ने व्यक्ति बने क्रिस्टियानो रोनाल्डो


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस १३, २०७६

  • सन् २०१९ मा इन्स्टाग्राममा सर्वाधिक कमाइ गर्ने सूचीमा फुटबलरको बर्चस्व देखिएको छ। इन्स्टाग्रामले सार्वजनिक गरेको शीर्ष दश सूचीमा ६ जना फुटबलर पर्न सफल भएका छन्।

    जसमध्ये सबैभन्दा बढी कमाउने व्यक्ति युभेन्ट्सका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो बनेका छन्। उनले यसपटक ३८.२ मिलियन पाउन्ड कमाएको जनाइएको छ। रोनाल्डोपछि बार्सिलोनाका स्टार लियोनल मेस्सी छन्। उनले १८.७ मिलियन युरो कमाएको जनाइएको छ।

    रोनाल्डो र मेस्सीसँगै डेभिड बेकहम, नेमार जुनियर, जलाटन इभ्राहिमोभिच र रोनाल्डिन्हो पनि शीर्ष दश सूचीमा समावेश छन्। अन्य व्यक्तिहरु भने गायक तथा मोडलहरु हुन्। द सन

    प्रतिक्रिया
    सम्बन्धित समाचार