स्पेनमा ‘टिकी टाका’ फुटबलको अन्त्य


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस १३, २०७६

  • एजेन्सी । स्पेन तथा बार्सिलोनामा निकै सफल ‘टिकी टाका’ फुटबलको लगभग अन्त्य भएको छ । कुनै समय निकै लोकप्रिय फुटबल खेल टिकी टाकालाई क्लबहरुले छोड्दै गएका छन् । क्लबहरुलाई राम्रो खेल खेल्नभन्दा पनि जित तथा उपाधि महत्वपूर्ण बन्दै गएपछि टिकी टाकाको पनि अन्त्य भएको हो ।

    हाल म्यान्चेस्टर सिटीका प्रशिक्षक रहेका पेप ग्वार्डिवलाले टिकी टाका फुटबललाई निकै उपचाईमा पुर्याए । बार्सिलोनाको प्रशिक्षक हुँदा ग्वार्डिवलालाई मिडफिल्डरहरु जाभी हर्नान्डेज, आन्द्रेज इनियष्टा तथा सर्जियो बुस्केट्सलाई प्रयोग गरेर यो बिधिलाई उचाईमा पुर्याए । यसको लागि लियोनल मेसी, जेरार्ड पिके, भिक्टोर भाल्डेस लगायतका खेलाडीहरुले पनि सघाए । यी खेलाडीहरु स्पेनकै भएको कारणले गर्दा स्पेनिस राष्ट्रिय टिम पनि सन् २०१० ताका निकै सफल भयो । यो बिधि अनुसार खेल खेल्दा आफ्नो खुट्टामा बल नराख्ने बरु आफ्नो सहकर्मीलाई पास दिइहाल्ने र विपक्षीलाई हैरान बनाएर गोल गर्ने गरिन्थ्यो । यसलाई पोसेसन फुटबल पनि भनिन्थ्यो ।

    तर, हाल बार्सिलोनाले पनि यो खेल्ने शैलीलाई छोडेको छ । हालका प्रशिक्षक अर्नेष्टो भालभर्देको थरिका पनि अलग नै भइसकेको छ । पेप ग्वार्डिवलाले बार्सिलोना र बार्यन म्युनिख छोडेपछि दुवै क्लबले यो तरिका छोडिसकेका छन् । फलस्वरुप बार्सिलोनाले ७३ प्रतिशतसम्म बल पोसेसन कायम गरेकोमा हाल ५७ प्रतिशतमात्रै रहेको छ । त्यस्तै, बार्यनमा हुँदा ग्वासर्डवलाको टिमले ७१ प्रतिशतसम्म पोसेसन कायम गरेको थियो तर, गत सिजन ५७ प्रतिशतमात्रै पोसेसन छ ।

    अन्य क्बलबहरुको पनि पोसेसन घट्दो क्रममा छ । इन्टर मिलानले सन् ११–१२ को सिजनमा ५३ प्रतिशतसम्म पोसेसन कायम गरेको थियो हाल ४० प्रतिशतसम्म पोसेसन कायम गरेको छ । लिभरपुलले सन् २००९–१० मा ६१ प्रतिशतसम्म पोसेसन कायम गरेकोमा अघिल्लो वर्ष ५१ प्रतिशत मात्रै कायम गर्यो । त्यस्तै, पीएसजी, रियल मड्रिड, भ्यालेन्सिया तथा एट्लेटिको मड्रिडको पनि पोसेसन घटेको छ ।

    हाल प्रशिक्षकहरु अंक जोड्ने दबाबमा रहेका हुन्छन् भने ठूला क्लबहरुलाई राम्रो फुटबल मात्रै पुग्दैन उनीहरु जसरी भए पनि उपाधि जित्ने होडमा भएको कारणले गर्दा टिकीटाका फुटबल सकिएको छ । लिभरपुलका प्रशिक्षक युर्गेन क्लोप होस् या रियलका प्रशिक्षक जिनेदिन जिदान यी दुवै प्रशिक्षकले राम्रो फुटबल खेलेर भन्दा पनि रणनीतिले खेल जितेको फुटबल पण्डितहरु बताउँछन् । यो सूचीमा बार्सिलोनाका प्रशिक्षक भालभर्दे समेत अटाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार