क्रिस्टियानो रोनाल्डो भन्छन् : “मलाई अब केही प्रमाणित गर्नुछैन।”


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस १४, २०७६

  • एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टारफरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू अब केही प्रमाणित गर्न बाँकी नरहेको बताएका छन् । आफूले जितेको कुराहरुमा आफू खुसी रहेको भन्दै रोनाल्डोले उक्त कुरा बताएका हुन् ।

    ग्लोबर सकर अवार्डमा बोल्दै रोनाल्डोले भने ‘त्यहाँ कुनै रहस्य वा चमत्कार छैन । म जहाँ पुगेको छु त्यहाँ उपाधि जित्नु कुनै संयोग होइन । यदी तिमी विजेता हुन चाहान्छौ भने सँधै जित्नेछौं । कडा काम, धैर्यता तथा लगावबीना सबैकुरा उपाधि, रेकर्ड तथ्यांक पाउन सकिदैन ।’

    उनले थपे ‘आफूले आफ्नो क्षमता थाहापाइराख्नुपर्छ । यसलाई सँधै एउटा उचाइमा राख्नुपर्छ । अब मैले कसैको लागि केही प्रमाणित गरिराख्नु आवश्यक छैन । अब गर्छुत केवल म तथा मेरो परिवारको लागि ।’

    त्यस्तै, रोनाल्डोले आफूले जीवनभरी नै सिक्न खोजेको बताए । फुटबलपछिको जीवनबारेमा पनि रोनाल्डोले सोचेको बताए । उनले आफू अब अंग्रेजी भाषा सुधार्ने तथा हलिउड चलचित्र निर्माण गर्ने सोचमा रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार