रोनाल्डोसँग सम्झौता नवीकरण गर्दै युभेन्टस


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १६, २०७६

  • इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले आधुनिक फुटबलका स्टार फरवार्ड पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने प्रयास गरेको छ । उनको सम्झौता २०२१ सम्म रहेपनि युभेन्टसले रोनाल्डोसँगको सम्झौता अवधि अझै ३ वर्ष थप गर्ने तयारी थालेको हो ।

    लामो समय स्पेनिस क्लब रियल मड्रिडमा रहेका रोनाल्डो २०१८ मा युभेन्टस पुगेका थिए । रियलका सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षे रोनाल्डोमा खेल्ने क्षमता अझै रहेको भन्दै क्लबले सम्झौता थप्ने तयारी गरेको हो । दुवईमा एक साताअघि दुवई ग्लोवो सकर अवार्ड जितेपछि उनका एजेन्ट जर्ज मेन्डिस र युभेन्टसका स्पोर्टिङ डाइरेक्टर पाराटिसीबीच सम्झौता नवीकरणको विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार