स्वारेजको ठाउँमा नयाँ खेलाडी ल्याउदै बार्सिलोना


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १६, २०७६

  • बार्सिलोनाले आफ्ना फरवार्ड लुइस स्वारेजको स्थानमा नयाँ खेलाडी ल्याउने तयारी गरिरहेको बताइएको छ । तर स्वारेज भने केही वर्ष बार्सिलोनामै बिताउने सोचमा रहेका छन् ।

    स्वारेज २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्धित भएका थिए । उनले बार्सिलोनामा आएर उत्कृष्ट प्रदर्शन गर्न उफल भएका छन् भने बार्सिलोनाको साथमा धेरै उपाधिहरु जित्न पनि सफल रहेका छन् ।

    बार्सिलोनाका लागि स्वारेजले १९० गोल गरेका छन् भने ला लिगा, कोपा डेल रे तथा च्याम्पियन्स लिग पनि जितिसकेका छन् ।

    बार्सिलोनाका ३२ वर्षीय स्वारेजको स्थानमा इन्टरका लाउटारो मार्टिनेजलाई ल्याउने योजना रहेको बताइएको छ । तर स्वारेजले भने आफू केही वर्ष बार्सिलोनामै रहन चाहेको र बार्सिलोनाले केही वर्ष रहन सम्झौताको प्रस्ताव गरोस् भन्ने चाहेको बताएका छन् ।

    ‘म बार्सिलोनामा खुसी छु, मैले क्लबको लागि सकेजति सम्पूर्ण चिज दिएको छु र म केही समय बार्सिलोनामै रहन चाहन्छु । सायद क्लब र मेरोबीच केही समयमा सहमति हुनेछ’, स्वारेजले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार