![](https://frontlinenepal.com/wp-content/uploads/2020/01/Leicester-City.jpg)
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा घरेलु टोली न्युक्यासललाई लेष्टरले ३–० गोलअन्तरले पराजित गरेको हो। लेष्टरको जितमा आयोज परेज, जेम्स म्याडिसन र हाम्जा चौधरीले गोल गरे। खेलको ३६औं मिनेटमा परेजले गोल गर्दै लेष्टरलाई १–० गोलको अग्रता दिलाए। खेलको ३९औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई २–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको लेष्टरले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो। लेष्टरका लागि खेलको ८७औं मिनेटमा हाम्जाले गोल गर्दै ३–० गोलको जित दिलाए।
यो जितसँगै लेष्टरले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दूरी १० मा झारेको छ। दोस्रो स्थानमा रहेको लेष्टरले २१ खेलबाट ४५ अंक बनाएको छ। पराजित न्युक्यासल भने लिगको १३औं स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको भने १९ खेलबाट ५५ अंक छ।