अमेरिकी शैनिकहरुले टिक-टक प्रयोग गर्न नपाउने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १७, २०७६

  • काठमाडौं । चर्चित चिनिया भिडियो एप टिक–टक (Tik-Tok)लाई अमेरिकी आर्मीले बन्द गरिदिएको छ । अब अमेरिकी शैनिकले टक–टक एपलाई प्रयोग गर्न पाउने छैनन् ।

    अमेरिकी शैनिकका अनुसार यस चिनिया भिडियो एप अमेरिकाको राष्ट्रिय सेक्युररिटीको लागि खतरा सावित हनुसक्छ । मिलिट्री डट कमको एक रिपोर्टमा आर्मीका स्पोक्सपर्सन Lt. Col. Robin Ochoa ले भनेका छन्, ‘टिक–टक एक साइबर थ्रेट जस्तै हो । Bytedance को यस टिक–टक एपमार्फत अमेरिकाको जासुसको लागि प्रयोग गर्न सकिन्छ ।’

    पछिल्लो महिना अमेरिकी नेभीले आफ्नो सबै सदस्यहरुको मोबाइल फोनबाट टिक–टक एप डिलिट गरेको छ । त्यस्तै रिपोर्टका अनुसार डिफेंस डिपार्टमेन्टले आफ्नो सबै कर्मचारीहरुलाई टिक–टक एप पुनः डाउनलोड नगर्न आग्रह गर्दै आएको छ ।

    अहिलेको समयमा अमेरिकामा टिक–टक एपको चेकजाँच कार्य भइरहेको छ । गत अक्टोवरमा लिडर्सले टिक–टक एपको सेक्युरिटीमाथि प्रश्न उठाइएका थिए ।

    त्यसोत, हाम्रो छिमेकी राष्ट्र भारतको मद्रास हाइकोर्टले टिक–टक एपलाई बन्द गर्न आदेश समेत दिइसकेको थियो । तर, पछि टिक–टकले आफ्नो भिडियो पोलिसीमा परिवर्तन गरेपछि पुनः टिक–टक प्रयोग गर्न थालिएको हो ।

    पछिल्लो समय टिक–टक निकै चर्चित भइरहेको छ । एक्स्पर्टका अनुसार पछि यस एपले फेसबुक लगाएको कम्पनीलाई टक्कर दिनसक्नेछ ।

    लिक भएको जानकारी अनुसार टिक–टकको प्यारेन्ट कम्पनी बाइटडान्स (Bytedance)ले फेसबुकका कर्मचारीहरुलाई कामको लागि राम्रो पैसा तिरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार