नयाँ वर्षमा टाटा मोटर्सको ‘नयाँ कार’ योजना


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १७, २०७६

  • काठमाण्डाै – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ ।

    योजनाअनुसार ग्राहकले टाटा मोटर्सको शोरुममा नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

    साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार र हरेक गाडीको खरिदमा दुई जनाको लागि ‘स्योर सर्ट’ सिङ्गापुर क्रुज, डिनरलगायतका विशेष आकर्षणहरु पनि छन् । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुने सिप्रदीले जनाएको छ ।

    टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हाे । सन् १९८२ देखि टाटा मोटर्सकाे नेपालकाे एकमात्र बिक्रेता भएको सिप्रदी ट्रेडिङ्ग आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो ।

    सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल छ । टाटा मोटर्सका सबै रेन्जका प्यासेन्जर र कमर्सियल गाडीहरुको बिक्री वितरण गर्न सिप्रदीको देशभर ३० वटा बिक्री कार्यालय र ५१ वटा सर्भिस सेन्टर छन् । साथै देशभर तीन सय वटा स्पेयर आउटलेट छन् । साथै एक्साइड ब्याट्रीज्, म्याकलुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि सिप्रदी वितरक हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार