‘मलाई फेरि प्रेममा डुब्न मन छ’:-अनिल कपुर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २२, २०७६

  • नायक अनिल कपुर अभिनित चलचित्र ‘मलंग’को ट्रेलर सार्वजनिक गरिएको छ । यो ट्रेलरमा नायक अदित्य रोय कपुर र नायिका दिशा पटानीविच चुम्बनका थुप्रै दृश्य समावेश छन् । चलचित्रमा दिशा र अदित्यको रोमान्टिक दृश्य देखेपछि मुख्य कलाकार अनिल कपुरले पनि आफूलाई प्रेममा डुब्न मन लागेको बताए ।

    ६३ बर्षका नायकले भने–‘मलाई पनि दिशा र अदित्यको रोमान्स देखेपछि प्रेममा डुब्न मन लागेको छ । म फेरि यूवा अवस्थामा फर्किन चाहन्छु । बाइक चलाएर रमाइलो यात्रामा निस्कन चाहन्छु जसरी दिशा र अदित्य चलचित्रमा रमाइलो गरिरहेका छन् ।’

    अदित्य र दिशाको चुम्बनको दृश्य के तपाइले मिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा अनिलले भने–‘पक्कै पनि, म थोरै दुखी महशुश गरिरहेको छु ।’

    अदित्य रोय कपुरले चलचित्रमा दिशासँग थुप्रै दृश्यमा चुम्बन गरेका छन् । एक पत्रकारले उनलाई सोधे, के तपाई इमरान हाश्मीको बाटोमा लाग्नुभएको हो ? यसमा अदित्यले भने–‘यदि, मैले इमरानको बाटो समातेको हुँ भने, म यसमा खुशी छु । मलाई हरेक चलचित्रमा चुम्बनका लागि धकेलिएको छ र म यसमा खुशी छु । अब, अर्को चलचित्रमा के गरुँ, सोचिरहेको छु ।’

    मोहित सुरीको निर्देशनमा तयार भएको यो चलचित्रमा दिशालाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार