किबाेर्डविनै टाइप गर्न सकिने माेबाइल ल्याउँदै सामसङ


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २७, २०७६

  • विश्वकै ठुलो स्मार्टफोन ब्राण्डभित्र पर्ने सामसुङले एक चमत्कारी कि–वोर्ड बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुनेहुँदा टाइप गर्न निकै झन्झटिलो हुन्छ । यसलाई मध्यनजर गर्दै स्मार्टफोनमा टाइप गर्नकालागि अब कि–वोर्ड नभएपनि हुने किसिमको प्रविधि सामसुङले ल्याउने भएको हो ।

    सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने किसिमको सफ्टवयरको विकास गरेको हो ।

    अमेरिकाको लस–भेगासमा ‘सीइएस टेक एक्सपो’मा सामसुङको क्रियटिभ ल्याबका क्रिस फक्सले बुधबार यसको प्रदर्शन गरेका थिए ।

    ‘सानो मोबाइलमा टाइप गर्नुभन्दा अब तपाइले आफ्नो मोबाइल अगाडि टेबलमा टाइप गर्दा मोबाइलमा टाइप हुनेछ ।’ क्रिसले भने । यो सफ्ट्वयरले मोबाइलको सेल्फी क्याममेरामा  टाढाबाट हात देखाएर सेल्फी खिचेजस्तै हो ।’

    ‘सेल्फीटाइपर भनिएको यो सफ्टवयर मोबाइलमा खोलेर अगाडि टाइप गर्दा कुन अक्षर अगाडि औला चलिरहेको छ भनेर सफ्ट्वयरले पहिचान गर्छ र अक्षर टाइप हन्छ ।’ उनले थपे ।

    यस सफ्ट्वयरले औला चलायमान भएअनुसार काम गर्छ नकी औला टेबलमा दबाएर दिएको प्रेसर अनुसार । त्यसैले यो सफ्ट्वयरको माध्यमबाट टाइप गर्दा छिटो पनि टाइप हुने बताइएको छ ।

    क्रियटिभ ल्याबका एक रिर्सचर वोन चुनले भने, ‘यसको मुख्य चुनौती भनेको अत्यधिक डाटा हो । औलाको आकार र चलायमान अनुसार टाइप गर्नसक्ने एल्गोरिथ्म निकै प्रभावकारी बनाउन धेरै डाटा राख्नु पर्नेछ ।’

    हाल निकै मेहनतका साथ ल्याबमा रिसर्चरहरुले यसमाथि काम गरिरहेका छन् । यो प्रविधि बजारमा आउने मिति भने तय भएको छैन । जेहोस कम्पनीले छिट्टै नै बजारमा ल्याउने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार