लेनोभोको गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २८, २०७६

  • लेनोभोले अमेरिकाको लस भेगसमा भएको कन्जुमर इलेक्ट्रोनिक शो (शीईएस) २०२० मा विश्वकै पहिलो फाइभ जी ल्याप्टप प्रदर्शनी गरेको छ ।

    ‘लेनोभो योगा फाइभ जी’ नाम दिइएको यस ल्याप्टपमा फाइभ जी नेटवर्क प्रयोग गर्न सकिने छ । विन्डोजन टेन अपरेटिङ सिस्टममा आधारित योगा फाइभ जीमा ८ जीबीको र्याम रहेको छ ।

    १४ इन्चको डिस्प्ले रहेको लेनोभोको ल्याप्टपमा क्वालकमको स्न्यापड्रयागन एटसीएक्स प्रोसेसर प्रयोग गरिएको छ । लेनोभोका अनुसार यसले प्रति सेकेण्ड चार जीबीको गतिमा फाइल डाउनलोड गर्न अनुमति दिनेछ ।

    यस ल्याप्टपले २४ घण्टा ब्याट्री ब्याकप दिने लेनोभोले जानकारी दिएको छ । यो ल्याटप अरु योगा ल्याप्टप जस्तै अल्ट्रा पोर्टेबल टु इन वान डिभाइस हो ।

    जसलाई ट्याबलेटमा बदल्न पछाडीबाट फोल्ड गर्न सकिन्छ । लेनोभो योगा फाइभ जी अप्रिलबाट बजारमा उपलब्ध हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार