सोनाम कपुरले ऐश्वर्यालाई अन्टी भनेपछि…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २८, २०७६

  • एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् एकअर्कालाई घृणा गर्छन् । उनीहरुको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गर्छ ।

    प्रियंका चोपडा र करिना कपुर एकअर्कालाई घृणा गर्छन् । यसको कारण साहिद कपुर भएको बताइएको थियो । साहिदलाई लिएर करिनालाई प्रियंकाले कटाक्ष गरेपछि उनीहरुबीचको बोलीचाली बन्द भएको थियो ।  त्यस्तै रनवीर सिंहका कारण अनुष्का शर्मा र दीपिका पादुकोणबीच पनि झगडा भएको थियो । उनीहरु पनि एकअर्कालाई घृणा गर्छन् ।

    रानी मुखर्जी  कुनै समय अभिषेकसँग लभ अफेयरमा रहेकी थिइन् । तर, ऐश्वर्या पाएपछि उनले रानीलाई धोका दिए । उनीहरुबीच पनि दुश्मनी रहेकोछ  । कुनै समय माधुरी दीक्षित र श्रीदेवीबीच ठुलै प्रतिस्पर्धा रहेको थियो । यसै कारण उनीहरुबीच कटुता पनि बढेको थियो ।

    केही वर्ष अगाडि श्रीदेवीको मृत्यु भइसकेको छ । बलिउडका अर्का कट्टर दुश्मन दीपिका र कटरिनालाई मानिन्छ । रनवीर कपुरका कारण यी दुईबीच ठुलै झगडा परेको पनि बताइन्छ ।  सोनाम कपुरले ऐश्वर्यालाई अन्टी भनेपछि यी दुई अभिनेत्रीबीच दुश्मनी सुरु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट