“मेस्सीलाई सबै थाहा थियो, मैले केही सिकाउन परेन”:-रोनाल्डिन्हो


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ ३, २०७६

  • काठमाडौं। ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले स्पेनिस क्लब बार्सिलोनामा रहँदा लियोनल मेस्सीसँगको सम्बन्धबारे एक अन्तर्वार्तामा बताएका छन्।

    ‘म जब बार्सिलोनामा गएको थिएँ त्यहाँ एक युवा खेलाडीको बारेमा कुराकानी हुन थालिसकेको थियो। त्यसपछि त हामी सँगै खेलेर साथी नै भइहाल्यौँ। उनी पहिलेदेखि नै अरु खेलाडीभन्दा भिन्न थिए’ रोनाल्डिन्होले मेस्सीसँग दिन सम्झँदै भने।

    सन् २००४ मा मेस्सी बार्सिलोनाको सिनियर टिममा आउँदा रोनाल्डिन्हो टिममा महत्वपूर्ण खेलाडी थिए। रोनाल्डिन्हो २००८ सम्म बार्सिलोनामा मेस्सीसँगै थिए।

    मेस्सीले सिनियर टिमबाट गरेको पहिलो गोलमा उत्कृष्ट पास रोनाल्डिन्होले नै मिलाएका थिए। उनी भन्छन्– ‘उनको पहिलो गोलको लागि पास मिलाइदिन पाउनु मेरो लागि पनि राम्रो कुरा हो।’

    ‘सुरुवातमा आफैसँग खेलेको कोही खेलाडी विश्व फुटबलमा यसरी चम्कँदा वास्तवमै खुसी लाग्दो रहेछ। सुरुमा उसले मलाई स्पेनिस सिकाउँथ्यो र मैले उसलाई पोर्चुगिज भाषा सिकाउँथे। खेलमा कुरामा त उनीसँग सबै ज्ञान थियो मैले केही सिकाउनै परेन’ रोनाल्डिन्होले सम्झिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार