युईएफएले ४–२–४ को फर्मेशनमा वर्षको उत्कृष्ट खेलाडी सूची सार्वजनिक किन गर्‍यो ?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ ३, २०७६

  • एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए)ले सन् २०१९ को सर्वोत्कृष्ट फुटबल खेलाडीको सूची अनौठौ तरिकाले सार्वजनिक गरेको । यसअघि ४–३–३ को फर्मेसनमा खेलाडी सूची सार्वजनिक गर्ने गरेको युईएफएले यस पटक भने ४–२–४ फर्मेुसनमा खेलाडी सार्वजनिक गर्नुको कारण पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई टिममा समेट्नु रहेको बुझिएको छ । सोही कारण दुई मिडफिल्डर मात्रै राखेर फरवार्डको संख्या चार पुर्याएको हो ।

    युईएफएले सार्वजनिक गरेको उत्कृष्ट– ११ को सूचीमा लिभरपुलका पाँच, युभेन्ट्स र बार्सिलोनाका समान दुई, बार्यन म्युनिख र म्यानचेस्टर सिटीका एक–एक खेलाडी रहेका छन् ।

    गोलकिपरः 

    एलिसन बेकर (लिभरपुल)

    डिफेन्डर:

    ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड (लिभरपुल)

    माथिस डी लिग्ट (युभेन्ट्स)

    भर्जिल भ्यान डायक (लिभरपुल)

    एन्ड्रिउ रोवर्टसन् (लिभरपुल)

    मिडफिल्डरः 

    फ्रांकी डी जोङ (बार्सिलोना)

    केभिन डी ब्रुयना (म्यान्चेस्टर सिटी)

    फरवार्डः 

    लियोनल मेसी (बार्सिलोना)

    साडियो माने (लिभरपुल)

    रोवर्टो लेवान्डोस्की (बार्यन म्युनिख)

    क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स)

    युईएफले छ महिनामा २० लाखभन्दा बढी समर्थकबाट लिइएको भोटको आधारमा टिमको घोषणा गरिएको युईएफएले जानकारी दिएको छ । तर, भोटको आधारमा रोनाल्डो नपरेपछि उत्कृष्ट ११ को संरचना नै परिवर्तन गरेको हो । यो निर्णयलाई युईएफएका अध्यक्ष एलेक्जेन्डर सर्फरिनले पारिद गरेको बुझिएको छ ।

    तर, युईएफएले समर्थकहरुको भोटको अपमान गरेको भन्दै विरोध भएको छ । रोनाल्डोको सट्टामा चेल्सीका एंगोलो कान्टेले स्थान बनाएको र उनीप्रति अपमान गर्दै एकलौटी निर्णय गरेर रोनाल्डो घुसाएको भन्दै फुटबल पण्डितहरुले पनि युईएफएको कदमको विरोध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार