मार्टिनेजलाई तीन खेलमा प्रतिबन्ध !


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ १४, २०७६

  • एजेन्सी । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लौटारो मार्टिनेजलाई तीन खेलमा प्रतिबन्ध हुन सक्ने जनाइएको छ । आइतबार राति सम्पन्न घरेलु लिग अन्तर्गतको खेलमा क्याग्लीआरीविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार गरेका अर्जेन्टिनी स्टार मार्टिनेजमाथि तीन खेलमा प्रतिबन्ध हुन सक्ने समाचार प्रकाशित भएका हुन् ।

    खेलको अन्तिम समयमा उनले खेलका रेफ्री जियानलुका मनागानेइलोलाई मुख छोडेर गाली गरेका थिए । खेलको इन्जुरी समयमा पहेँलो कार्ड पाएपछि उनले रेफ्रीविरुद्ध अभद्र व्यवहार गरेका थिए । र, रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।

    उक्त खेलमा इन्टरले १–१ गोलको बराबरी खेलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार