![](https://frontlinenepal.com/wp-content/uploads/2020/01/paul-pogba-zinedine-zidane-sadio-mane-2019-20_10yy857s2177y1fnesx6wu4lnh.jpg)
एजेन्सी । रियल मड्रिडले लामो समयदेखि अनुबन्ध गर्न चाहेका खेलाडी हुन् लिभरपुलका स्टार खेलाडी साडियो माने । उनले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका थिए ।
त्यस्तै यस सिजन उच्च फर्ममा रहेका उनले लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताउने सम्भावना पनि उत्तिकै रहेको छ ।
![](http://www.nepalipatra.com/storage/news/January2020/mane2.jpg)
पुर्व साउथह्याम्टनका खेलाडी मानेलाई अनुबन्ध गर्न विश्वका प्रतिष्ठित क्लबहरु लागि परेका छन् । तर, मध्य सिजनमा नभए पनि सिजनको अन्तिममा उनलाई रियलले किन्नका लागि ठुलै रकम अफर गर्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार जिदान दुई जना खेलाडी किन्न व्यग्र देखिएका छन् ।
![](http://www.nepalipatra.com/storage/news/January2020/pogba-1.jpg)
रियलको मिडफिल्डका लागि म्यानुका पोग्वा र फरवार्ड लाइनमा माने परेका छन् । यी दुई खेलाडीलाई रियलले अनुबन्ध गर्न सके उपाधि दौडमा रियलको यात्रा सहज हुने बताइएको छ ।