ओप्पो :-” सन् २०१९ हाम्रो लागि फलदायी रह्यो “


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १५, २०७६

  • काठमाडौं ।  ओप्पो मोबाइलले सन् २०१९ मा आफूले केही उल्लेखनीय प्रगति गरेको जनाएको छ। गत वर्ष कम्पनीका लागि सफल भएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ।

    कम्पनीले २०१९ को सुरुमा सार्वजनिक गरेको नवप्रवर्द्धनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओपोको प्रतिष्ठा मोबाइल उपकरण नवप्रवर्द्धकका रुपमा अझ माथि उठाइदिएको जनाएको छ।

    यसैगरी सन् २०१९ को मेमा सार्वजनिक भएसँगै ओप्पो रेनो फाइभजी युरोपियली बजारमा भित्रिएको पहिलो व्यावसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित भएको कम्पनीको भनाइ छ। स्विसकमसँग सहकार्य गर्दै रेनो फाइभजीको स्ट्जिरल्याण्डमा बिक्री आरम्भ गरेसँगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

    सेप्टेम्बर २०१९ मा सुपर भोक फ्ल्यास चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडि लैजानुका साथै, औद्योगिक मानकलाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ । २०१९ मा ओप्पोले भोक फ्ल्याश चार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकेको छ।

    कम्पनीले ओपो इन्नो डे २०१९ मार्फत ओपोले नवप्रवर्द्धनात्मक फाइभजी उपकरण इकोसिस्टमको घोषणा गरेको थियो। यसले मानवतालाई इन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ युगमा लान थप योगदान पुर्‍याएको कम्पनीले जनाएको छ। आउने ३ वर्षमा ओप्पोले ७ अर्ब डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि खर्च गर्नेछ।

    कम्पनीले भविष्यमा प्राविधिक विकासका लागि अग्रगामी नेतृत्वदायी भुमिका निभाउने प्रतिबद्धता पनि जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार