इन्स्टाग्राममा रोनाल्डोको २० करोड फलोअर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ १६, २०७६

  • अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोले थुप्रै कीर्तिमान बनाएकै थिए तर अब मैदानबाहिर पनि उनको विश्व कीर्तिमान बन्न थालेको छ। उनी सामाजिक सन्जाल इन्स्टाग्राममा २० करोड अर्थात २ सय मिलियन फलोअर हुने विश्वकै पहिलो व्यक्ति बनेका छन्।

    रोनाल्डो विश्व चर्चित स्टार कलाकारहरु एरियाना ग्रान्डे, किम कार्दसियन र बियोन्सीभन्दा पनि अगाडि रहेका हुन्। उनले आफ्ना समकालिन फुटबल प्रतिद्धन्द्धी लियोनल मेस्सीलाई ५९ मिलियनले पछाडि पारेका छन्। इन्स्टाग्राममा मेस्सीका एक सय ४१ मिलियन फलोअर छन्।

    ब्राजिलियन स्ट्राइकर नेमारलाई एक सय ३२ मिलियनले इन्स्टाग्राममा फलो गरेका छन्। इन्स्टाग्राममा सबैभन्दा बढी फलो रोनाल्डोभन्दा अगाडि इन्स्टाग्रामलाई मात्र भएको छ। एरियाना ग्रान्डेका एक सय ७३ मिलियन फलोअर छन्। इन्स्टाग्राममा पूर्व रेस्लर तथा अभिनेता ड्वेन जोनसनका एक सय ७० मिलियन फलोअर छन्।

    रोनाल्डोले २ सय मिलियन फलोअर पुगेपछि सबैलाई धन्यवाद पनि दिएका छन्।

    https://www.instagram.com/p/B76UQsQIHSU/

    प्रतिक्रिया
    सम्बन्धित समाचार