भान डाइकलाई भित्र्याउन युभेन्टसको १५ करोड पाउन्ड अफर…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ १९, २०७६

  • लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई आगामी सिजन क्लबमा भित्र्याउन युभेन्टसले १५ करोड पाउन्डको अफर गर्ने तयारी गरेको छ ।

    बेलायती पत्रिका ‘द सन’ का अनुसार लिभरपुलले यो सिजन लिग उपाधि जिते डच खेलाडी नयाँ चुनौतिका लागि खुला रहने आशा इटालिन महारथी टोलीले गरेको छ । त्यसो भएको खण्डमा युभेन्टस भान डाइकलाई पुनः विश्वकै सबैभन्दा महङ्गो डिफेन्डर बनाउन तयार रहेको छ ।

    एनफिल्डमा भित्रिएपछि भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग जिताइसकेका छन् । अहिले टोलीलाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन पनि उनले प्रमुख भुमिका खेलिरहेका छन् ।

    सन् २०१८/१९ सिजनमा पीएफए वर्ष खेलाडी र प्रिमियर लिगको उत्कृष्ट खेलाडीको उपाधि जितेका भान डाइक बालोन डिओरमा भने मेस्सीभन्दा पछि परेका थिए ।

    गत हप्ता भान डाइकले नयाँ चुनौतिको लागि आफू तयार रहेको संकेत गर्दै भनेका थिए, ‘म २८ वर्षको भएँ । म सबै सपना पूरा गर्न चाहन्छु । जीवन छोटो छ, तपाईंको करियर पनि छोटो हुनसक्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार