बन्द हुँदै ब्ल्याकबेरीका मोबाइल


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ २२, २०७६

  • ब्ल्याकबेरीलाई आफ्नो स्वामित्वमा लिएको टीसीएलले यो वर्षदेखि ब्ल्याकबेरी रोकिने जानकारी ट्विटमार्फत दिएको हो । ब्ल्याकबेरीको ब्राण्ड लाइसेन्स र टेक्नोलोजी सपोर्ट टिसिएलसँग रहेको छ । सन् २०१६ मा टीसीएलले ब्ल्याकबेरी लिमिटेडसँग त्यसको लागि सम्झौता गरेको थियो ।

    टीसीएलले ब्ल्याकबेरी ब्राण्डका फोनहरुलाई परम्परागत डिजाइनमा आधुनिक एन्ड्रोयड फोनहरुको कार्य गर्ने गरि ल्याएको थियो । तर कुनैपनि डिभाइसहरु बजारमा उत्कृष्ट नभएपछि टीसीएल यस्तो निर्णयमा पुगेको हो ।

    टीसीएलले सन् २०२० को अगस्ट २१ देखि ब्ल्याकबेरी ब्राण्डका फोनहरु बिक्री नगर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार सो अवधिपछि कम्पनीसँग ब्ल्याकबेरीको डिजाइन र उत्पादनको अधिकार हुनेछैन् । तर अन्य डिभाइसहरु भने निरन्तर सपोर्टमा रहनेछन् ।

    ब्ल्याकबेरीले ४ बर्षअघि आफैंले स्मार्टफोन बनाउन रोक्ने निर्णय गरेको थियो । केही बर्षयता टीसीएलले ब्ल्याकबेरीसहित अल्काटेल, पाम र आफ्नै टीसीएलले ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार