ओपोका ७ स्मार्टफोनहरु…


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ २२, २०७६

  • ओपोले २०१० देखि २०१९ सम्ममा विभिन्न ७ किसिमका स्मार्टफोन भित्राएको छ। ती हुन्ः

    ओपो फाइन्ड, ओपो फाइन्डर, ओपो युलाइक टु, ओपो एन्थ्री, ओपो आरनाइन, ओपो फाइन्ड एक्स र ओपो रेनो फाइभजी।

    यी स्मार्टफोनबारे यहाँ चर्चा गरिएको छ।

    ओपो फाइन्ड

    ओपो फाइन्ड (एक्स ९०३) २०११ मा सार्वजनिक गरिएको स्मार्टफोन हो। उक्त फोनमा साइडस्लिप कभर, फूल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली लगायत फिचर्स छन्।

    यसमा रहेका अनुकरणीय कलात्मकता र प्रयोगकर्ता मैत्री इन्टरफेस स्मार्ट फोन हो। यो ओपोद्वारा उत्पादित अहिलेसम्मकै मोटो फोन हो।

    ओपो फाइन्डर
    ओपो फाइन्डर २०१२ मा सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो। ओपो फाइन्डको तुलनामा यो फोन पातलो छ। जसको ६.६५ एमएम मोटाइ छ।

    ओपो युलाइक टु

    २०१३ मा सार्वजनिक गरिएको ओपो युलाइकटुमा ब्यूटी २.० अल्गोरिथमका साथै ५एमपी फरवार्ड–फेसिङ क्यामेरा रहेको छ।

    ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसंगै यसले स्वचालित रुपमै ब्यूटिफिकेसन ईफेक्ट मार्फत सेल्फि खिच्न सघाएको हो।

    ओपो एनथ्री

    २०१४ मा ल्याएको ओपो एनथ्री ‘क्यामेरा मास्टर’का रुपमा परिचित छ। यो ओपोको पहिलो रोटेटिङ स्मार्टफोन हो। यसमा १६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक इन्जिन जडान गरिएको छ।

    फोनको छेउमा राखिएको चार्जिङ पोर्ट लगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन सहज छ।

    उक्त फोनमा समावेश गरिएको भिडियो प्लेब्याक तथा गेमिङ लगायतका फिचर्सले मल्टिमिडिया प्रयोगमा सहजता प्रदान गरिएको छ।

    ओपो एनथ्रीमा जडान गरिएको ‘ओ–क्लिक’ (छुट्टै किचेन रिमोट) ले प्रयोगकर्ताले सहजै रुपमा क्यामेरा रोटेसनका साथै तस्विर खिच्न सक्थे।

    ओपो आर नाइन

    सन् २०१६मा सार्वजनिक गरिएका ओपो आर नाइनमा कम्पनीले पहिलोपटक फ्ल्यास चार्जिङ प्रणाली सार्वजनिक गरेको थियो।
    भोक फ्ल्यास चार्जिङमार्फत प्रयोगकर्ताले ५ मिनेट चार्ज गरेर २ घण्टा सम्म चलाउन सक्थे।

    ओपो फाइन्ड एक्स

    २०१८ मा भित्रिएको ओपो फाइन्ड एक्समा अत्याधुनिक स्क्रिन डिजाइन गरिएको थियो। यसलाई ओपोको पहिलो पर्फेक्टली सिमलेस फुल–स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ ।

    ओपो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज् स्मार्टफोन्स अफ दि ईयर २०१८मा बेष्ट डिजाइन अवार्ड पाएको थियो।

    ओपो रेनो फाइभजी

    ओपोले यो स्मार्टफोन नयाँ रेनो सिरिजअन्तर्गत २०१९ मा सार्वजनिक गरेको हो।

    यो दुई वटा मा रेनो टेनएक्स जुम र रेनो फाइभजी मोडेलमा ल्याएको थियो। यसमा फाइभजी कनेक्टिभिटी, टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा लगायतका फिचर्स थिया।

    ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम दिएको थियो। ओपो रेनोलाई फोटोग्राफर तथा रचनात्मक ब्यक्तिहरुले मनपराएका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार