नेपाल टेलिकमले बाँड्यो निःशुल्क २५ सय सिम


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ २७, २०७६

  • काठमाडौं । नेपाल टेलिकम गल्याङ शाखाले २५ सय वटा निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्सले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा सिम वितरण गरिएको हो ।

    सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको सिममा ५० रुपैयाँ टक भ्यालुसमेत छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्पmत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको हो । टेलिकमले अहिले देशका ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार