युराेपेली च्याम्पियन्स लिग : प्रि–क्वाटरफाइनलका खेलहरु सुरु, मंगलबार दुई रोमाञ्चक खेल हुँदै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ६, २०७६

  • काठमाण्डाै ।  युरोपेली च्याम्पियन्स लिगमा मङ्गलबार रातिदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । नकआउट चरणमा साविक विजेता लिभरपुलले एट्लेटिको मड्रिडसँग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन र बोरुसिया डोर्टमण्ड खेल्दैछन् । दुवै खेल नेपाली समयअनुसार राति पौने २ बजेपछि सुरु हुनेछ ।

    च्याम्पियन्स लिगको फाइनल भएको मैदानमै लिभरपुलले एट्लेटिको मड्रिडसँग खेल्न लागेको हो । सन् २०१० पछि लिभरपुल र एटेलेटिको मड्रिड पहिलो पटक खेल्न लागेका हुन् । प्रिमियर लिगका १७ वटा खेलमा लगातार जित निकालेको लिभरपुलले प्रिमियर लिगमा २५ अङ्कको अग्रता लिइसकेको छ ।

    एट्लेटिको मड्रिडको प्रदर्शन भने यो सिजन राम्रो हुन सकेको छैन । उसको प्रदर्शनमा पनि एकरुपता देखिएको छैन । ला लिगाका २४ खेल सकिँदा एट्लेटिको शीर्ष स्थानको रियल मड्रिडभन्दा १३ अङ्कले पछि छ ।

    ‘हेड टु हेड’ मा लिभरपुर र एट्लेटिको मड्रिडले एक–एक खेल जितेका छन् भने दुई वटा खेलमा बराबरी खेलेका छन् । दुवै टिमले चार–चार गोल गरेका छन् ।

    ‘अवे’ म्याच लिभरपुलका लागि घातक छ । च्याम्पियन्स लिगको पछिल्लो १३ अवे खेलमध्ये सात वटामा लिभरपुल पराजित भएको छ ।

    मङ्गलबार नै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बोरुसिया डर्टमण्डको मैदानमा खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार