सामसुङ एक्सचेन्ज सुविधा : पुरानो स्मार्टफोनसँग नयाँ स्मार्टफोन साट्न सकिने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ८, २०७६

  • काठमाडौं । सामसुङ  मोबाइलका लागि आधिकारिक विक्रेता, आइ.एम.एस ले आफ्ना अधिकांश आइ.एम.एस स्मार्ट शोरूमहरूमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ ।

    सामसुङका ग्राहकहरुले आफ्नो पुराना सामसुङ  स्मार्टफोनहरुसँग राम्रो मूल्याङ्कन सहित नयाँ स्मार्टफोन साट्न सक्ने कम्पनीले जनाएको छ ।  ।

    स्मार्टफोन साट्न चाहाने ग्राहकहरूले आइ.एम.एस स्माटको आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुको साथै एक्सचेन्ज फाराम भर्नुपर्ने  र कम्पनीले पुरानो स्मार्टफोनको मूल्याङ्कन वेब पोर्टल मार्फत कम्पनीले जनाएको । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट सक्नेछन् ।

    तत्कालको लागि कम्पनीले न्यूरोेडको पाको, रोयल सिङ्गी होटेल आर्केड, कमलादी, ंपिपल्स प्लाजा, खिचापोखरी, अल्का अस्पताल नजिक, जावलाखेल शेर्पामल, दरवारमार्ग र पिपल बोट चोकको नजिक, बौद्ध आउटलेटमा यो सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार