विनोद चौधरीलाई बाँस्कोटाले भनेका थिए : २० करोड राख्ने मेरो घर नै छैन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • काठमाडौं । दुई हप्ता अघि सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेमात्रै लाइसेन्स पाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोवटाले पाउने अभिव्यक्ति दिए । यसपछि सिजी कम्युनिकेशनका मालिक अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आपत्ति जनाए । यसपछि मन्त्री बाँस्कोटा र चौधरी ग्रुपबीच आ–आफ्नो अभिव्यक्ति र अडानको रक्षा गर्दै एकअर्कामाथि प्रश्न उठाए ।

    सरकारको निर्णय सार्वजनिक गर्न गत माघ २३ गते बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेर मात्र टेलिकम कम्पनीको लाइसेन्स पाउने बताएका थिए ।

    यसको भोलिपल्ट शुक्रबार सामाजिक सञ्जालमा ट्वीटरमा मन्त्री बाँस्कोटालाई मेन्सन गर्दै चौधरीले लेखेका थिए्, ‘माननीय सञ्चारमन्त्री गोकुल बाँस्कोटाज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद् छ। सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु।

    यसपछि दुवैतर्फबाट आ–आफ्ना धारणा आइरहे । यसैक्रममा सञ्चारमन्त्री बाँस्कोटाले राजश्वको कुरा गरेको हो, आफ्नो लागि नमागेको बताए । उनले २० अर्ब त के २० करोड राख्ने मसँग घर र ठाउँ नै नभएको चौधरी ग्रुपलाई जवाफ दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार