फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

गायिका सीता केसी र सर्जक दिनेश गुरुङको सालैजो ‘वारी दरौं’


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ १९, २०७४

  • काठमाडौं, १९ माघ : गायिका सीता केसी र सर्जक दिनेश गुरुङको रचनामा तयार भएको ‘वारी दरौं’ गीतको भिडियो सार्वजनिक गरिएको छ । यसमा राजन कार्की र गायिका सीता के.सी.को स्वर रहेको छ ।

    यो गीतमा नृत्यांगना रीना थापामगर र निर आलेमगरको हेरौंहेरौं लाग्ने नृत्य रहेको छ । लाहुरबाट छुट्टिमा आएको लाहुरेको घरमा सालैजो, कौडा गाउने पुरानो चलनलाई यो गीतको भिडियोमा देखाईएको छ । गायिका केसीका आधा दर्जन भन्दा बढी चर्चित गीतहरु बजारमा आईसकेका छन् ।

    ‘सानो छँदा एक चोटी बाजे लाहुरबाट आउँदा गाउका आमा समूह रोधी बस्न आएको देखेको थिएँ ।’ गुरुङले अतित सम्झिदै भने, ‘त्यतिबेलाका भाकाले मेरो असाध्यै छुन्थ्यो ।’ गाउघरमा गाइने मौलिक भाका टपक्क टिपेर बनाइएको यस भिडियोमा परदेशबाट आएको लाहुरे र प्रेमिकाबीचको प्रेमको कथा देख्न सकिन्छ । प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । सुन्दर नगरी पोखरामा छायांकन गरिएको यो भिडियो श्री सिंपाल तमु धिं समाजको सहयोगमा निर्माण गरिएको हो ।

    बिगत दुई दशकदेखि जापानलाई कर्मथलो बनाएका यस गीतका सर्जक गुरुङ एनआरएनए आईसीसी सदस्य समेत हुन् । तीज गीतपछि उनले सालैजो गीत सिर्जना गरेका हुन् ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट