जान्नुहोस् यस्ता छन् मरिचका फाईदाहरु…


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौं ।

    यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज तपाईलाई हामीले मरिचका फाइदाका बारेमा केही जानकारी गराउँदै  छौँ ।

    – मरिचलाई मोही वा किसमिससँग मिसाएर पिउँदा पेट भित्रका अनावश्यक किटाणुहरु भगाउन सकिन्छ। यसले आन्द्राको अवस्थामा पनि सुधार ल्याउँछ ।

    – पायल्सबाट छुट्कारा पाउनका लागि मरिच, जीरा र चिनी वा मिश्रीलाई पिसेर मिसाउने र बिहान–बेलुकी २ देखि ३ चोटी खानाले पायल्सबाट राहत मिल्छ ।

    –  बढ्दो उमेरका कारण हुने आर्थराइटिस रोगमा मरिचको प्रयोग एकदमै फलदायी हुन्छ। यसलाई तीलको तेलमा राम्ररी तताउने र चिसो भएपछि हात खुट्टामा लगाउनाले धेरै आराम मिल्छ ।

    – मरिचले मेटाबोलिजमलाई राम्रो बनाउँछ। क्यालोरी र पेटको बोसो कम गर्नुका साथै पेटसँग सम्बन्धीत विभिन्न रोगहरुको सम्भावना पनि कम गर्छ ।

    – ज्वरो आएका बेला मरिचलाई हल्का तातो दुधमा मिसाएर पिउँदा आराम मिल्छ। यसका साथै महमा मरिच मिसाएर दिनमा दुई तीनपटक खानाले खोकी निको हुन्छ ।

    – दाँतको लागि पनि मरिच धेरै नै फाइदाजनक रहेको छ। यसको दैनिक प्रयोगले दाँत बिग्रिने समस्याबाट छुट्कारा मिल्छ। यसले छालालाई पनि स्वास्थ्य बनाउँछ। यसको प्रयोगले छाला सम्बन्धी धेरै रोगहरुलाई टाढा राख्छ ।

    -मरिचलाई कालो (बिरे) नुन र कागतिसँग मिसाएर खाँदा एसिडिटीबाट आराम मिल्छ। मरिचको धुलो र कागतीको रस हालेर तातो पानी पिउनाले एसिडिटीबाट छुट्कारा पाउन सकिन्छ।

    – ब्लड प्रेसर बढेका बेला आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु लाभदायक हुन्छ ।

    मरिचका धेरै फाइदाहरु भएपनि यसको सेवन गर्नुपूर्व आफ्नो शरिरको अवस्थाका बारेमा जानकारी लिएर मात्र सेवन गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार