पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • ताप्लेजुङमा शुक्रबारबाट पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ।

    महोत्सवको पहिलो दिन शुक्रबार बिहान सदरमुकामको तोक्मेडाँडाबाट कलशयात्रासहित सुरु भएको महोत्सव फागुन १३ गतेसम्म चल्नेछ।

    रङ्‌गीविरङ्‌गी फूलहरूको सजावटसहित सुरु भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

    उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले ताप्लेजुङबासीको उत्सहजन सहभागिताले एकताको भाव झल्किएको बताए।

    विशेष गरेर पाथीभरा अन्तर्राष्ट्रिय म्याराथन (महिला/पुरुष), अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता, मेयरकप भलिबल प्रतियोेगिता, हेलिकप्टोरमार्फत कञ्चनजंघालगायत क्षेत्रको अवलोकन, प्यराग्लाइडिङ प्रदर्शनीजस्ता विषय मेलाको आकर्षणमा रहेका छन्।

    त्यसैगरी ताप्लेजुङको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनार्थ वृत्तचित्र तथा फोटो प्रदर्शनी, फुङफुङे झरना अवलोकन, भेडीगोठ तथा याक चौर प्रदर्शनी, कृषि तथा औद्योगिक उत्पादन प्रदर्शनी, लोक झाँकी प्रदर्शनी र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्‌गीतिक तथा सांस्कृतीक प्रस्तुति पनि महोत्सवको विशेषता रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार