पोउल पोग्वाका कारण टेन्सनमा म्यानचेस्टर युनाइटेड


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन १०, २०७६

  • म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी हुन् पोउल पोग्वा । तर, उनले म्यानुमा चाहे जस्तो खेल प्रदर्शन गर्न भने सकिरहेका छैनन् । उनी खेलका कारणभन्दा पनि विवादका कारण धेरै चर्चामा आएका छन् ।

    मिडिया रिपोर्टका अनुसार उनी युभेन्ट्स फिर्ता जान चाहन्छन् । म्यानुले शिर्ष चारमा स्थान बनाउन नसक्नु पनि उनको लागि अवसरको कमी भएको बताइएको छ । तर, समिक्षकहरुले  पोउल पोग्वालाई बेच्नु पर्ने बताएका छन् ।

    अन्य स्टार खेलाडी अनुबन्ध गर्नु पर्ने तर, पोग्वा नै भनेर क्लबमा रमिता देखाउन नहुने उनीहरुको बुझाइ रहेको छ ।  म्यानु भने पोग्वाबारे मौन रहेको छ । उनलाई युभेन्ट्सले पुनः अनुबन्ध गर्ने चर्चा चलेको थियो ।

    त्यस्तै रियल मड्रिडले पनि उनलाई अनुबन्ध गर्ने चर्चा चलेको थियो । उनले रियलका प्रशिक्षक जिनेदिन जिदानसँग पनि छलफल गरेको खबर बाहिर आएको थियो । समिक्षकहरुले उनलाई म्यानुको बाटो क्ल्नि गर्न बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार