
काठमाडौं । विश्वमा समोसा, चाट, बटर, चिकनजस्ता खानेकुराहरुको माग बढ्दो छ । यसलाई नै प्रमाणित गर्छ, अमेरिकाको ग्लोबल मार्केट रिसर्च कम्पनीले गरेको एक अनुसन्धानले पनि ।
यो रिसर्च कम्पनीका अनुसार विश्वमा प्रत्येक दिन १३ हजार पटक समोसाबारे इन्टरनेटमा सर्च गरिन्छ । योसँगसँगै खानामा चिकन, पालक पनिर, नान, दाललगायतका खाद्यान्नहरु पनि अत्यन्त धेरै खोजिन्छन् ।
कम्पनीले गरेको अनुसन्धानले यी धेरै खानेकुराहरु विदेशमा रहेका भारतीयहरुले खोज्ने गरेका हुन् ।