गृह नगरमा गायक डम्बर र निसानलाई सम्मान


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ११, २०७६

  • उर्लाबारी । चर्चित गायक डम्बर नेपाली र गायक निसान भट्टराईलाई गृह नगर उर्लाबारीमा सम्मान गरिएको छ ।
    महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत सांगीतिक सा“झ’ आयोजना गरी यु–युथ् अफ उर्लाबारीले गायकद्वय नेपाली र भट्टराईलाई सम्मान गरेको हो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गायकद्वयलाई सम्मान पत्र सहित सम्मान वितरण गरे ।
    ‘उर्लाबारीलाई सांगीतिक उर्भरभुमीको रुपमा देश विदेशमै चिनाउ“न सफल डम्बर र निशानलाई बिशेष सम्मान गरिएको हो’, कार्यक्रम संयोजक किशोर श्रेष्ठले बताए । कार्यक्रममा डम्बर र निसानले आफ्ना नया“ तथा पुराना चर्चित गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

     

    डम्बरले ‘मेरो जीवनबाट जाने भए जाउ, कि यो जंगे रेलमा’, मेरो सुईटर फाटेको चर्चित गीत गाएर दर्शक दिर्घालाई नचाएका थिए ।
    त्यस्तै गायक निसान भट्टराईले ओई भुन्टी, दैब हे, भिजिट भिसामा गाएर मनोरञ्जन दिलाए । निसानले पूर्व मिस नेपाल निकिता चाण्डक अभिनित फिल्म साङ्लोको गीत ‘झ्याम्मै आ“खा, झ्याम्मै’ गीत गाएर नायिका निकिता स्वंयलाई नचाउ“दा कार्यक्रमको माहोल झनै तातेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथी मेयर फागोले क्लवको प्रशंशा गर्दै समाजलाई टेवा पुग्ने रचनात्मक काम गर्न हौसला प्रदान गरे ।
    क्लवका अध्यक्ष प्रेमराज शर्माले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न अतुलनिय सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार