आयुष्मानको ‘बोकाज्’ ब्याचलर्स पार्टी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ११, २०७६

  • नायिका प्रियंका कार्कीसँग फागुन १५ गते विवाह गर्ने तयारीमा रहेका नायक आयुष्मान देशराज जोशीका साथीहरुले उनलाई ब्याचलर्स पार्टी दिएका छन्। पोखराको वाटरफ्रन्ट रिसाेर्टमा उनका भाइसहितको टोलीले  ब्याचलर्स पार्टी दिएका हुन्। पार्टीमा उनीहरुले प्रियंकाको पार्टीको पोजहरु कपी गरेका छन्।

    गत महिना प्रियंकालाई उनका साथीहरुले थाइल्याण्डमा लगेर ब्याचलर्स पार्टी दिएका थिए। आयुष्मानको ब्याचलर्स पार्टीमा प्रियंकाकै ब्याचलर्स पार्टीको तस्बिरको पोजहरु कपी गरिएको थियो।

    साढे २ वर्ष अगाडिबाट प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष नै विवाह गर्ने घोषणा गरे पनि मिति भने सार्वजनिक गरेका थिएनन्। प्रियंकाको ब्याचलर्स पार्टी चल्दासमेत विवाहको मिति टुंगो लागेको थिएन। फागुनमा एकाएक यी दुवैले १५ गते आफूहरुले विवाह गर्न लागेको घोषणा गरेका थिए। प्रियंकाको यो दोस्रो विवाह हो।

    उनले अमेरिका बसाइका क्रममा उतै बस्ने नेपालीसँग विवाह गरेकी थिइन्। दुवैको सम्बन्ध लामो समय टिक्न सकेन र डिभोर्सपछि प्रियंका नेपाल फर्किएर चलचित्र क्षेत्रमा सक्रिय भएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार