प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने ६ जना पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १२, २०७६

  • प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित छन्। प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि  पोखरा आएका हुन्।

    जन्म दिन मनाउन आइतबार गृहजिल्ला तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री ओली सोमबार बिहान पोखरा आएका हुन्। आजै बिहान ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार