एक ट्वीटबाट सबैभन्दा बढि कमाउने खेलाडीहरु…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १३, २०७६

  • अमेरिकी स्पोर्ट्स एंड स्पोर्ट्स कल्चर वेबसाइट ब्लेचरको रिपोर्टका अनुसार आफ्नो एक ट्वीटबाट सबैभन्दा कमाउने खेलाडीको सूचीमा पोर्चुगलका फुटबल खेलाडी रोनाल्डो रहेका छन् ।उनले आफ्नो एक ट्वीटबाट ८ लाख ६८ हजार ६ सय ४ डलर कमाउँछन् ।

    उनलाई स्पेनका फुटबल खेलाडी आन्देस इनिएस्टाले पच्छ्याएका छन् ५ लाख ९० हजार ८ सय २५ डलरका साथ । त्यसैगरी आफ्नो एक ट्वीटबाट कमाउने खेलाडीको तेस्रो स्थानमा पनि फुटबल खेलाडी नै रहेका छन् । ब्राजिलका स्टार खेलाडी नेयमार ४ लाख ७८ हजार १ सय ३८ डलरको रेकर्ड कमाइका साथ तेस्रो स्थानमा छन् ।

    चौंथो स्थानमा अमेरिकाका बास्केटबल खेलाडी लेब्रोन जेम्स ४ लाख ७० हजार ३ सय ५६ डलर कमाइका साथ रहेका छन् ।

    भारतका स्टार क्रिकेट खेलाडी विराट कोहली यो सूचीमा पाँचौं स्थानमा छन् । उनले आफ्नो एक ट्वीटबाट ३ लाख ५० हजार १ सय १ डलर कमाउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार