रोनाल्डो जुनियर इन्स्टाग्राममा,अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख फलोअर्स


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १४, २०७६

  • काठमाण्डाै – विश्व फुटबलमा चर्चा कमाउन सफल पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् ।

    रोनाल्डोजस्तै अनुहार भएका उनी सानैदेखि फुटबलमा लागेका छन् भने आफ्ना बुवाको जस्तै काैशल देखाउन सिपालु भइसकेका छन् । त्यस्तैमा उनी भर्खरै सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन् ।

    इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख जनाले फलाे गरेका छन् । याे समाचार तयार पार्दासम्म उनका ९ लाख ७९ हजार फलाेअर्स भइसकेका छन् । साथै उनले पाँच जनालाई फलाे गरेका छन् ।

    https://www.instagram.com/p/B89vd-mhJ1A/

    प्रतिक्रिया
    सम्बन्धित समाचार