बैंक अफ काठमाण्डू लिमिटेडको बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १४, २०७६

  • बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

    ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्नेछ ।

    बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मूल नाराका साथ सार्वजनिक गरेको योजना सीमित अवधिको लागि मात्र भएकाले छिट्टै लाभ लिन ग्राहकलाई अनुरोध गरेको छ ।

    हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार