रियल मड्रिडलाइ घरेलु मैदानमा म्यान्चेस्टर सिटीको चुनौती


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १४, २०७६

  • स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेल खेल्दै छ । रियलले घरेलु मैदानमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्दै छ । रियल र सिटीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै रियल होम खेलमा आफ्नो अग्रता कायम गर्ने योजनामा छ ।

    च्याम्पियन्स लिगमा रियलको इतिहास राम्रो छ । रियलले हालसम्म च्याम्पियन्स लिगमा सर्वाधिक १३ उपाधि जितेको छ । अघिल्लो सस्करण क्वार्टरफाइनलबाट आउट भएको रियल यो सिजन भने उपाधि जित्ने लक्ष्यमा छ । यता आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएको सिटीका लागि यो सिजन उपाधि जित्ने अवसर छ ।

    सिटीले भने हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । आजै हुने अर्काे खेलमा लेवनले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्दै छ । लेवनको घरेलु मैदानमा हुने खेलमा रोनाल्डो सम्मिलित युभेन्ट्सलाई पहिलो लेगमा अग्रता बनाउने अवसर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार