‘ग्रिजम्यान मर’ भन्दा एट्लेटिको मड्रिडलाई १२ हजार युरो जरिवाना


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १५, २०७६

  • स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई जरिवाना तोकिएको छ । ला लिगाको आयोजकले बार्सिलोनाका फरवार्ड ग्रिजम्यानविरुद्ध प्रयोग गरिएको ‘ग्रिजम्यान मर’ भन्ने च्यान्टिङ गाएको भन्दै १२ हजार युरो जरिवाना सुनाएको हो ।

    गत डिसेम्बर १ मा मड्रिडमा भएको खेलमा ग्रिजम्यानविरुद्ध एट्लेटिकोका समर्थकहरुले सिट्टी बजाउँदै ग्रिजम्यानविरुद्ध नारा लगाएका थिए । गत समरमा ग्रिजम्यानले एट्लेटिको छोडेपछि समर्थकहरुले उनीहरुविरुद्ध नारा लगाएका हुन् । उक्त खेलमा बार्सिलोना १–० गोलले विजयी भएको थियो ।

    अब बार्सिलोनाले अप्रिलमा घरेलु मैदान क्याम्प नाउमा एट्लेटिको मड्रिडविरुद्ध खेल खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार